प्रेमी आयुष्मान देशराज जोशीसँग हालैमात्र बैबाहिक बन्धनमा बाँधिएकी लोकप्रिय नायिका प्रियंका कार्कीका तस्विर सामाजिक संजालमा भाइरल भएका छन् ।
लकडाउनको समयमा पति आयुष्मान देशराज जोशीसँग घर मानै समय बिताएकी उनले हालै मात्र केहि तस्विर शेयर गरेकी हुन् । उनी तस्विरमा पति आयुष्मान देशराज जोशीसंग अगालोमा बेरिएकी छिन् । केहि दिन पहिला किचनमा खाना पकाएका तस्विर सार्वजनिक गरेकी उनले हालै भने पतिसंग समय बिताएकी छिन् ।
बेलाबेलामा पतिसंगका फरक फरक तस्विर इन्स्टाग्राममा पोष्ट गर्ने कार्कीको पहिलो विवाह टुगिंएको लामो समय पश्चात आफु भन्दा कान्छा आयुष्मानसँग दोस्रो विवाह गरेकी हुन् । यो जोडीले लगनगाँठो सकेको केही समयमा नै देशमा नै लकडाउन सुरु भयो ।
प्रियंका र आयुष्मानका फेसबुक, इस्टाग्राममा उनीहरु एकअर्काको मायामा पोखिएका दृश्यहरु एकपछि अर्को गर्दै थपिदै गएका छन् ।छोटो समयमा नै लोकप्रिय बनेकी उनले पहिले कोर्ट म्यारिज गरेपछि हिन्दु परम्परा अनुसार आयुष्मान देशराज जोशीसँग फागुनमा विबाह गरेकी हुन् ।


