कुनै बेलाको चर्चित सांगीतिक समुह हो ग्लूमी गाईज ।
बनेपाका संगीतकर्मीहरुको यो समुहका गायक हरि कमाचार्य दर्शक तथा स्रोतामाझ परिचित नाम हो ।
ग्लूमी गाईज समुहका अन्य संगीतकर्मीहरु आफ्नै कार्यमा व्यस्त भए पनि गायक कर्माचार्य भने व्यवसायका साथै सांगीतिक क्षेत्रमा पनि सक्रिय छन् ।
उनै गायक कर्माचार्य लामो समयपछि एउटा नयाँ गीत ‘बुद्धको गुम्बा’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।
उक्त गीतको लिरिकल भिडियो गायक कर्माचार्यकै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
उक्त गीतमा शब्दहरु नवराज केसीले रचना गरेका हुन् भने गीतलाई उनैले संगीतबद्ध पनि गरेका हुन् । उक्त गीतको संगीत निर्देशनमा केसीलाई बनेपाकै संगीतकर्मी सुमन वैद्यले सहकार्य गरेका छन् ।
<iframe width=”640″ height=”360″ src=”https://www.youtube.com/embed/Wn-9Y-YX0Ww” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>


