फिल्म क्षेत्रमा कोही सत्रु र कोही मित्र हुँदैन भनिन्छ । एकअर्काका कट्टर दुश्मन क्षणमै मित्र भएका र घनिष्ट मित्र क्षणमै दुश्मन भएका उदाहरण फिल्म क्षेत्रमा बग्रेल्ती छन् ।
नेपाली फिल्मकर्मीबीच दुई खालका सम्बन्ध स्थापित भएको पाइन्छ, देखावटी र वास्तविक । कति मिडियाको अगाडि प्रगाढ सम्बन्ध देखाउने नाटक गर्छन् भने कतिको वास्तविक रुपमा नै सुमधुर सम्बन्ध हुन्छ ।
यहाँ यो प्रशंसा जोड्नुको उद्येश्य अभिनेत्री ऋचा शर्मा र हास्यकलाकार दीपकराज गिरीको समुहबीच तीन वर्षअघि भएको घटना उठानका लागि हो । तीन वर्षअघि उनीहरुबीच के भएको थियो, त्यो सबैमाझ जगजाहेर छ ।
ऋचाले एक फेस्टिभलमा बोल्ने क्रममा फिल्म ‘छक्का पञ्जा’ मा महिलामाथि दुर्व्यवहार गरिएको दृश्यमा ताली बजाउने दर्शकलाई ‘मूर्ख’ भनेकी थिइन् ।
दुई फिल्मका लागि अभिनेत्री ऋचा शर्माले १०/१० लाख रुपैयाँ एड्भास रकम समेत बुझाइसकेकी छन् । योभन्दा बढी नाफा भएको खण्डमा दुई समुहबीच शेयर बाँडफाँड हुनेछ ।
ऋचाले दीपक-दीपा समुहको फिल्म खरिद गर्दैगर्दा धेरैको मनमा एउटा जिज्ञासा उब्जिएको छ- ‘उनले महिलामाथि थप्पड हानेको दृश्य नभएका कारण फिल्म किनेकी हुन् वा फिल्म नै हेरेकी छैनन् ?’


