मानिसमा जस्तो चेतना कुकुरमा पनि हुन्छ भनेर धेरै उदाहरणहरु सुनेका देखेका छौं । कोमामा गएको मालिकलाई बाहिर रुगेर बसेकाे पनि समाचारमा पढेको छौं । अहिले फेरि एउटा त्यस्तै ह्दयविदारक फोटो बाहिर आएको छ । जस्मा आइतबार प्राण त्यागेका सुशान्त सिंह राजपुतको कुकुर फुग्गी को अवस्था गम्भीर बनेकाे छ ।
सुशान्तले फुग्गीलाई धेरै माया गर्थे । उनले फुग्गीसँगै खेलेका र रमाएका धेरै तस्विरहरु शेयर गरेका छन् । उस्को अवस्था नाजुक भएपछि सुसान्तको म्यानेजरले डाक्टरलाई बोलाएको थिए । कुकुरले खान पानी समेत नखाएर सुशान्तको फोटो हेरेर बसिरहेको छ ।
डाक्टरले सुशान्तको मृत्यु सहन नसकेर कुकुरले पनि सुसाईड गर्न खोजेकाे बताएको भारतीय मिडियाले दाबीका साथ भनेका छन् ।



