नव गायिका समिक्षा गैरेको प्रस्तुतीमा रहेको २०७७ सालको नयाँ तिज गीत माईत नगय (तिज गीती कथा) बिशाल फिल्मस् मार्फत सार्वजनिक भएको छ ।
बरिष्ठ लोक गायक ईन्द्र जि.सी.,चर्चित गायक सर्जक हुम गैरे,चर्चित गायक रामचन्द्र चन्द,चर्चित गायिका जमुना राना अनि नव गायिका समिक्षा गैरेका स्वरमा रहेको गीतको लय तथा शब्द संकलन चर्चित सर्जक हुम गैरेको रहेको छ ।
चर्चित गायिका तथा मोडल सिर्जु अधिकारी संगै स्वयम् गायक गायिकाहरुकै अभिनय रहेको गीतको निर्देशन सम्पादन पनि हुम गैरेले नै गरेका छन् भने गीतको भिडियो रोशन भाटले खिचेका छन् । कोरोना भाईरसले यती बेला बिश्व नै आक्रान्त छ ।
रोजगारीको शिलसिलामा खाडी मुलुक पुगेका एक नेपालीलाई कोरोना लागेको र नेपालमा रहेका उसका परिवारको दर्दनाक पिडालाई गीतको कथाबस्तु बनाईयको छ । सम्पुर्ण नेपालीहरुको यथार्थ पिडा तिज गीती कथा माईत नगय लाई सफल्ताको शुभकामना ।


