नायिका जान्हवी कपुर, उनको बहिनी र बुबा श्रीदेबीको यादमा लकडाउन कटाइरहेका थिए । उनीहरु आफ्नो व्यस्त जीवनबाट बाहिर निस्केर फुर्सदको समयमा घरपरिवारमा रमाएर बसिरहेका थिए । तर अचानक उनीहरुको भान्सेमा कोरोना संक्रमण देखिएपछि उनीहरु अत्तिलिए र सेल्फ आइसोलेसनमा बसे ।नायिका जान्हवी कपुरले आफूहरुको घरमै कोरोना भाइरस देखिएपछि निकै डराएको भारतिय मिडियालाई बताएको छिन् । तर, कोरोना भाइरसको संक्रमण हटेपछि परिवारका सदस्य निकै नै सजग भएको उनले बताइन् । जान्हवीले यस्तो अवस्थामा सम्पूर्ण जिम्मेवारी आफूले आफ्नो काँधमा लिएको पनि बताएकी छिन् । उनी आफ्नो बुबाको निकै केयर गर्छिन् । उनको खाने बस्ने देखि लिएर सुत्ने समय समेत जान्ह्वीले निर्धारण गर्छिन् । निमार्ता बाेनी कपुर पनि छोरीले गरेकाे माया देखेर मख्खै छन् । अहिले मात्र हैन उनकी आमा श्रीदेबीको निधन भएदेखि नै बुबालाई सम्हाल्दै आएकी छिन्
बलिउड अभिनेत्री श्रीदेबीको साइलेन्ट हार्ट अट्याक्टबाट असामयिक मृत्यु भएको खबरले धेरै मानिसको चयन हराएको छ । स्वस्थ रहेकै मान्छे पनि एक्कासी मर्न सक्ने रहेछ भने पछि जो काेहीको निद्रा हराउनु पनि स्वभाविकै हो । अाखिर मर्न कसलाई मन लाग्छ र ? श्रीदेबीको निधनपछि साइलेन्ट हार्ट अट्याक्टका बारेमा जान्ने चासो एक्कासी बढेको छ । अाखिर के हो त साइलेन्ट हार्ट अट्याक्ट? प्रस्तुत छ, हाम्रा पाठकको लागि साइलेन्ट हार्ट अट्याक्टका बारेमा जानकारी ।
के हो साइलेन्स हार्ट अट्याक्ट ?
साइलेन्ट हार्ट अट्याक्टलाई साइलेन्ट मायोकार्डियल इन्प|mेक्शन पनि भनिन्छ । यसमा जब कसैलाई हार्ट अट्याक्ट हुन्छ, त्यसको कुनै पूर्वसंकेत नै मिल्दैन । छातीमा दुखाई अनुभव हुँदैन ।
किन थाहा हुँदैन दुखाई ?
कतिपय अवस्थामा मस्तिष्कसम्म दुखाई महसुष गराउने नसा वा स्पाइनल कार्डमा समस्या हुँदा वा मनोवैज्ञानिक कारणले व्यक्तिले दुखाई महसुष गर्न पाउँदैनन् । यसका साथै मधुमहेको रोगीमा अटोनमिक न्यूरोपेथीको कारण पनि दुखाई थाहा हुदैन।
बलिउड अभिनेत्री श्रीदेबीको साइलेन्ट हार्ट अट्याक्टबाट असामयिक मृत्यु भएको खबरले धेरै मानिसको चयन हराएको छ । स्वस्थ रहेकै मान्छे पनि एक्कासी मर्न सक्ने रहेछ भने पछि जो काेहीको निद्रा हराउनु पनि स्वभाविकै हो । अाखिर मर्न कसलाई मन लाग्छ र ?
साइलेन्ट हार्टअट्याक्टको पाँच संकेत
१. ग्याष्ट्रिक समस्या, पेट खराबी
२. कुनै कारण कमजोरी अनुभव हुनु
३. थकान लाग्नु
४. अचानक चिसो पसिना आउनु
५. पटक पटक सास बढ्नु
साइलेन्ट हार्ट अट्याक्टका पाँच कारण
१. धेरै चिल्लोचाप्लो, बोसोयुक्त, प्रसोधित खानेकुरा
२. शारीरिक रुपमा सक्रिय नहुनु
३. मदिरा वा चुरोट पिउनु
४. मधुमेह वा मोटोपन
५. तनाव
साइलेन्ट हार्ट अट्याक्टबाट बच्ने पाँच उपाय
१. खानपानमा ध्यान दिने । सलाद, सागसब्जी बढी सेवन गर्ने ।
२. नियमित हिँड्ने, व्यायाम, योगासन गर्ने ।
३. चुरोट, मदिरा आदि सेवन नगर्ने ।
४. सधै खुसी रहने । तनावरहित हुने ।
५. नियमित मेडिकल चेकअप गराउने ।


