नायिका आँचल शर्मा पछिल्लो समय आफ्नो प्रेम प्रस्तावका कारण चर्चामा छिन् । पेशाले डाक्टर उदिप श्रेष्ठसँगको प्रेममा रहेकी आँचल शुरुमा यो सम्बन्धलाई नस्वीकारे पनि आजभोलि भने खुलेर प्रेमका बारेमा बोल्न थालेकी छिन् ।
उदिपसँग प्रेममा परेको खुलाएपछि आँचल र पल शाहको नाम जोडिन छोडेको छ ।
उनले अभिनय गरेको पछिल्लो फिल्म ‘दाल भात तरकारी’ ले राम्रै चर्चा पायो ।
फिल्ममा आँचलले पुष्प खड्कासँग जोडी बाँधेकी अब भने वास्तविक जीवनमा पनि जोडी बाँध्ने योजना बनाइरहेकी छिन् ।
उनी यसै वर्ष बिहे गर्ने तयारीमा रहेको संकेत गरेकी छिन् ।
आँचलको सुन्दरताको पनि उत्तिकै चर्चा हुन्छ । अहिलेका चल्तीका नायिकाको लिस्टमा अटाउने आँचलको मन्द मुस्कानमा फ्यान लोभिन्छन् ।
उनका केही कुल तथा क्युट तस्वीर:







