काठमाडौं – चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष दयाराम दाहालले आज सोमबार आफ्नो पदभार ग्रहण गर्नु भएको छ ।
गत बिहीवार मन्त्री परिषद्को बैठकबाट दाहाललाई अध्यक्ष पदमा नियुक्त गरिएको थियो ।
कार्यभार ग्रहण गर्दै दाहालले बोर्डले सञ्चार मन्त्रालयमा पेश गर्न तयार पारेको चलचित्र नीति तथा कार्यक्रममा हस्ताक्षर गुर्न भयो ।
त्यसक्रममा दाहालले चलचित्र क्षेत्रको पुनस्र्थापना प्राथमिकतामा रहेको बताउनु भयो ।
बक्स अफिसलाई सहि ढंगले कार्यन्वयन गर्नु, इण्डोर चलचित्र स्टुडियोको निर्माण, श्रमजिवी चलचित्रकर्मीका लागि सामाजिक सुरक्षा योजनालगायतका कार्यक्रमहरु पनि क्रमशः कार्यन्वयन गर्दै जाने दाहालले बताउनु भयो ।
गत मंसिरमा तत्कालिन अध्यक्ष केशव भट्टराईको निधन भएपछि बोर्डको अध्यक्ष पद रिक्त रहँदै आएको थियो ।




















