दिशा पाटानीले गरिन्– ‘सबै रंगहरु सुन्दर छन् ।’ जवाफमा ट्वीट प्रयोगकर्ताले उनलाई पन्ड कम्पनीको ‘फेयरनेस बीबी क्रिम’ सम्झाए, छाला गोरा बनाउने भनिएको यस क्रिमको विज्ञापनमा उनले अभिनय गरेकी छिन् । ‘तपाई फेयरनेस क्रिमको विज्ञापनमा खेल्नुहुन्छ, जसले ज्यादा गोरोपन….भन्छ,’ एक प्रयोगकर्ताले जवाफ लेखे ।
गार्नियर स्किन ब्लिचिङ क्रिमको विज्ञापनमा देखिएकी प्रियंका चोपडाले पनि फ्लोइको पक्षमा समर्थन जनाउँदा इन्स्टाग्राममा यस्तै नियति भोग्नुपर्यो । ‘ माफ गर्नुहोला तपाईले कहिल्यै गैरन्यायिक हत्या, कास्मिर लकडाउन, समलिङ्गी विरोधी फिल्म वा कलाकार,महिलाविरोधी विरुद्ध बोल्नुभएन,’ एक प्रयोगकर्ताले लेखेका छन् ।
गत वर्ष कास्मिरको स्वायत्त हैसियत खोस्ने र त्यहाँ सेना परिचालन गर्ने भारत सरकारको निर्णयको सार्वजनिक रुपमा समर्थन गर्दा चोपडाको ठूलो आलोचना भएको थियो । विवादास्पद क्षेत्र काश्मिरमा भारत र पाकिस्तान दुबैको दाबी छ । गोरो बनाउने भनिएको क्रिम, जसले छालामा असर गर्छ र रंगभेद बलिउडमा नौलो विषय होइन । बलिउडका ठूला स्टार शाहरुख खानले समेत ‘फेयर एन्ड ह्यान्डसम’ लगायतका गोरो बनाउने क्रिमका विज्ञापन खेलेका छन् ।
एक प्रयोगकर्ता लेख्छन्, ‘भारतमा सबैभन्दा ठूलो रंगभेद नै बलिउडमा छ । तपाईको छाला कालो छ भने स्टार बन्ने विषय बिर्सनुस् । धेरै अभिनेता तथा अभिनेत्री गोरोपन बढाउने उत्पादनको प्रवद्र्धनमा जोडिएका छन् । यी पागलहरु अहिले अमेरिकाको रंगभेदबारे बोल्दैछन् । यो ढोंग उत्रियोस् ’




















