गायक तथा अभिनेता आसिफ शाहको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।
‘एउटा व्यथा’ बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।
गीतमा गायक शाहकै सङ्गीत रहेको छ भने आसिफ र अविरल थापाको शब्द रहेको छ ।
गीतका म्युजिक प्रोड्युसर शैलेन्द्र प्रधान “बाबु” हुन् ।
‘जी २१’ को अफिसियल युट्युब च्यानलबाट गीतको लिरिकल भिडियो सहित सार्वजनिक गरिएको हो ।
जसलाई नगेश कँडेलले तयार पारेका हुन् ।
गीतले मनमा भएको व्यथा र प्रेमको भाव बोकेको छ । सुमधुर स्वर र मार्मिक शब्द रहेको गीत सुन्दर बनेको छ।




















