काठमाडौं – देविका बन्दना नेपाली सांगीतिक क्षेत्रको एउटा लोकप्रिय नाम हो ।
लामो समयदेखि संगीतका प्रायः सबै विधाका गीतमा सुनिंदै आएकी यी गायिका चलचित्रको पाश्व गायनमा विशेष रुचाइएकी गायिका हुन् ।
एकताका उनले नगाएका चलचित्रका गीत नै हुँदैन थिए भने पनि हुन्छ ।
सुगम सगीतमा पनि उनको योगदान उत्तिकै छ ।
उनी लोकप्रिय गायिका देविका बन्दनाले यतिबेला सांगीतिक क्षेत्रमा एउटा नयाँ प्रयोग गरेकी छिन् ।
गायिका बन्दाले ‘वान बीट फोर्टिन सङ्स, बेस्ट अफ देविका बन्दना’ शीर्षकको म्यासअप गीतहरुका एउटा भिडियो आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छिन् ।
गायिका बन्दना भन्छिन् – ‘यसमा मैले गाएका नयाँ तथा पुराना गीतहरु समावेश गरेकी छु ।’
भिडियोमा ‘यस्तै रहेछ यहाँको चलन’, ‘भरे आउँछु सपनीमा’, ‘माया घटेन’, ‘मलाई नेपाली माया मनपर्छ’, ‘मेरो लागि फर्की आउन’, ‘भोलि नै कसले देख्या छ’ आदि लोकप्रिय गीतहरु समावेश छन् ।
गीतको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ राहुल प्रधानले गरेका छन् भने अडियो रेकर्डिङ बुटवलका म्युजिक हबका साजन श्रेष्ठ र निहारिक फिल्मस्का दीपक श्रेष्ठले गरेका छन् ।
‘केही पुराना गीतहरुको भिडियो काटछाँट गरिएको छ भने नयाँ भिडियोको सुटिङ र सम्पादन लगायत सम्पूर्ण काम बुटवलकै निहारिक फिल्म्सबाट गरिएको हो’, गायिका बन्दनाको भनाइ ।
भिडियोमा कलाकारद्वय मेनुका थापा र निहारिका श्रेष्ठको अभिनय छ ।
भिडियोमा योगेश शाक्यको छायांकन र सम्पादन तथा दीपक श्रेष्ठको कोरियोग्राफी र व्यवस्थापन छ ।
भिडियोको अवधारणा गायिका देविका बन्दनाले नै तयार पारेकी हुन् ।
यस्तो छ भिडियो




















