काठमाडौँ । फिल्म निर्माता तथा कलाकार खेम थापाको सोमबार निधन भएको छ । यो मायाले लौन सतायो, परेलीजस्ता फिल्म निर्माण गरेका थापाको १४ गते निधन भएपनि उनको निधन गुमनाम जस्तै बनेको छ ।
कसम,रक्षा, परेलीजस्ता फिल्ममा अभिनय गरेका थापाको चितवन मेडिकल कलेजमा ६६ वर्षको उमेरमा पुरानै मुटु रोगका कारण दुखद निधन भएको हो ।
उनी लामो समयदेखि चितवनको गोन्द्रयाङमा बस्दै आएका थिए । थापाको निधन भएसँगै नायक रमेश उप्रेती र नायक सुधांशु जोशीले फेसबुकमा स्टाटस लेख्दै समवेदना प्रकट गरेका छन् । थापाले नै निर्माण गरेको फिल्म यो मायाले लौन सतायोमा अभिनय गरेका नायक सुधांशु जोशीले ‘अत्यन्तै मिलनसार, चलचित्रकर्मी स्व. खेम दाइप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, आत्माको चिरशान्तिको कामाना भन्दै सामाजिक संजालमा स्टाटस लेख्दै समवेदना ब्यक्त गरेका छन् ।


