×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अलीको सुपरहिरो फिल्ममा कैटरीना

  •  
  • मङ्गलबार, जेठ २०, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    फिल्म ‘टाइगर जिन्दा हे’, ‘सुल्तान’ र ‘भारत’ का निर्देशक अली अब्बास जफरले आफ्नो नयाँ फिल्ममा अभिनेत्री कैटरीना कैफलाई अनुबन्धित गरेका छन् । यो एक सुपरहिरोमा आधारित फिल्म हुने बताइएको छ । फिल्ममा कैटरीनाले मुख्य भूमिका निर्वाहा गर्नेछिन् । यो एक फिमेल सेन्ट्रिक एक्सन फिल्म हुनेछ । फिल्मको अहिले प्रि-प्रोडक्सनको काम चलिरहेको छ ।

    अली अब्बास जफरले एक अन्तर्वार्तामा आफूले निर्देशन गर्न लागेको नयाँ फिल्ममा कैटरीनालाई मुख्य भूमिकामा अनुबन्ध गरेको खुलाएका हुन् । उनले भनेका छन्, ‘मेरो नयाँ फिल्म सुपरहिरोमा आधारित हुनेछ । यसमा कैटरीना कैफ लिड रोलमा हुनेछिन् । यसको स्क्रिप्ट तयार भैसकेको छ । मैले आफ्नो अर्को एक फिल्मको पनि पहिलो ड्राफ्ट तयार पारिसकेको छु ।’

    अलीले अगाडि भने, ‘सुपरहिरोमा आधारित हुने फिल्ममा निकै एक्सन हनेछ । यसका लागि निकै धेरै तयारी गर्नुपर्नेछ । फिल्मको एक्सन सिनका लागि एक इन्टरनेशनल टिमसँग भिडियो कलमार्फत् सम्पर्कमा छु । म अहिले कलाकारसँग स्क्रिप्टमा छु र प्रोडक्सन डिजाइनरसँग च्याटिङ गरिरहेको छु ।’ लकडाउन अन्त्य भएपछि कैटरीनाले आफ्नो तयारी गर्ने उनले बताए ।

    पहिलो पटक सुपरहिरोमा आधारित फिल्ममा काम गर्न लागेकी अभिनेत्री कैटरीना तेस्रो पटक निर्देशक अलीसँग सहकार्य गर्न पाएकोमा खुसी छिन् । लकडाउन खुलेपछि उनी अभिनीत फिल्म ‘सूर्यवंशी’ प्रदर्शनमा आउँदैछ । यसमा उनी अभिनेता अक्षय कुमारको अपोजिटमा छिन् । फिल्मका निर्देशक रोहित शेट्टी हुन् । फिल्ममा अजय देवगन र रणवीर सिंहको पनि अभिनय छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, जेठ २०, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.