×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५२ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

यी शर्तमा महाराष्ट्रले दियो सुटिङ अनुमति

  •  
  • सोमबार, जेठ १९, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    देश विगत २ महिनादेखि लकडाउनमा छ । कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउनको विकल्प रोजेपछि नेपालका हरेक क्षेत्र पूर्ण रुपमा बन्द छन् । नेपाली फिल्म क्षेत्रमा पनि लकडाउनपछि कुनै गतिविधि भएका छैनन् । लकडाउनअघिसम्म केही फिल्म फ्लोर र दर्जन बढी फिल्म प्रदर्शनको तयारीमा थिए । तर, लकडाउनपछि सबै काम रोकिए ।

    कोरोनाले फिल्म क्षेत्रलाई ठूलो क्षति पुर्‍याएको छ । हजारौं प्राविधिकको रोजीरोटी गुमेको छ । हलहरु बन्द हुँदा हजारौं कर्मचारी बेरोजगार भएका छन् । फिल्मको छायांकन र प्रदर्शन रोकिँदा निर्माताले लाखौं घाटा बेहोर्नुपरेको छ । हल बन्द हुँदा हल सञ्चालकलाई बैंकको ब्याज तिर्नै समस्या भएको छ । यो अवस्थाबाट फिल्म क्षेत्रले कहिले उन्मुक्ति पाउला ? सबै प्रतिक्षामा छन् ।

    नेपालमा ‘दिन दुई गुणा रात चौगुणा’ बढिरहेको कोरोना संक्रमणले फिल्म क्षेत्र सामान्य अवस्थामा फर्कन अझै लामो समय लाग्नसक्ने देखिन्छ । लकडाउनको अन्त्य हुँदा पनि झण्डै ६ महिना दर्शक कोरोनाको डरले फिल्म हेर्न हलसम्म जान सक्ने देखिन्न । जबसम्म हलमा फिल्म हेर्न दर्शकको चाप बढ्दैन र फिल्मको छायांकन सुरु हुँदैन तबसम्म फिल्म क्षेत्र चलायमान हुन सक्दैन ।

    कोरोनाका कारण नेपाली फिल्म क्षेत्र अस्तव्यस्त हुँदा बलिउड भने जुरमुराउन थालेको छ । भारतमा कोरोनाको कहरबीच फिल्म छायांकनका लागि महाराष्ट्र सरकारले अनुमति दिन थालेको छ । फिल्म क्षेत्रलाई चलायमान बनाउन त्यहाँको सरकारले सशर्त फिल्म तथा टेलिभिजन शोको छायांकन खुल्ला गरेको छ । भारतको सबैभन्दा ठूलो फिल्म उद्योग बलिउड महाराष्ट्रमा केन्द्रीत छ ।

    अभिनेता अक्षय कुमारले आर बाल्कीसँग मिलेर सोमवार मुम्बईको कमलिस्तान स्टुडियोमा लकडाउनकै बीच एक सार्वजनिक सेवा विज्ञापन खिचेका थिए । उक्त विज्ञापनको छायांकनका लागि महाराष्ट्र सरकारले अनुमति दिएको थियो र सेटमा सामाजिक दूरी कायम गर्दै सावधानीपूर्वक छायांकन गरिएको थियो । छायांकनको समयमा २० जनाको मात्र उपस्थिति रहेको थियो ।

    छायांकन गर्न यस्ता छन् शर्त

    फिल्म तथा टिभी सिरिजको सेटमा केही नियमहरु लगाइएको छ । छायांकन सेटमा हात मिलाउन, अंकमाल गर्न र चुम्बन गर्न पाइने छैन । अरुको मेकअप प्रयोग गर्न पनि पाइने छैन । हरेक दिन कपडा धुनु पर्नेछ भने छायांकनमा प्रयोग हुने सामानहरुमा पनि कटौती गर्नुपर्नेछ । त्यस्तै, ६५ बर्षभन्दा माथि उमेर समुहका मानिसहरु, गर्भवती महिला, कलाकार वा स्टाफका पार्टनर छायांकन सेटमा जान रोक लगाइएको छ ।

    महाराष्ट्रले फिल्म, भिडियो वा सिरियलको छायांकनका लागि बनाएको गाइडलाइन अनुसार, हरेक सेटमा डाक्टरहरु, नर्स र एम्बुलेन्स हुनु जरुरी छ । यदि कोहिमा कोरोना पोजेटिभ देखियो भने तुरुन्त उपचार गर्नुपर्नेछ । सेटमा हरेक तवरले सफा हुनु पर्नेछ भने सामाजिक दूरी पालना अनिवार्य गरिएको छ । एक टेन्टमा पाँच बढी मानिसहरु रहन पाउने छैनन् । फिल्म वा सिरिजमा बढि मानिसहरु जम्मा हुनुपर्ने दृश्यहरु खिच्न पनि मनाही गरिएको छ ।

    कुनै पनि सेटमा ३३ प्रतिशत मात्र स्टाफले काम गर्ने पाउने नियम महाराष्ट्र सरकारले लगाएको छ । हरेक सदस्यले सेटमा प्रवेश गर्नु पहिले आफ्नो हात साबुन पानीले धुनु पर्नेछ । सेटमा आउने बेला यात्रा गर्दा लगाएको कपडा परिवर्तन गरि नयाँ लगाउनु पर्नेछ भने जुत्ता चप्पल र मोजा समेत नयाँ प्रयोग गर्नुपर्नेछ । कलाकारहरुले कस्ट्यूम पनि आँफैले लैजानु पर्नेछ ।

    गाइडलाइनका अनुसार, सकेसम्म कास्टिङ, लुक टेस्ट तथा मिटिङ भिडियो कन्फ्रेन्सबाट गर्न अनुरोध गरिएको छ । हरेक कलाकारले सम्भव भएसम्म आफ्नै घरमा तयार भएर सेट जान भनिएको छ । एक कलाकारले एकजना मात्र मेकअप तथा हेयर डिजाइनरको रुपमा सहयोगी लैजान पाउनेछन् । कलाकारलाई घरबाट नै खाना लिएर सेटमा जान सल्लाह दिइएको छ ।

    सेटमा जुनियर आर्टिस्ट कम प्रयोग गर्नुपर्नेछ । सबै सदस्यले परिचय पत्र बोक्न अनिवार्य गरिएको छ । साथै उनिहरुले यात्रा गर्न प्रहरीको अनुमती लिनु पर्नेछ । हरेक कलाकारको लागी अलग अलग मेकअप ब्रश तथा हेयर ब्रशको प्रयोग गर्नुपर्नेछ । मेकअपको समयमा मेकअप आर्टिस्टले पिपिई लगाउन अनिवार्य गरिएको छ ।

    छायांकनका लागि महाराष्ट्र सरकारले बनाएको नियमअनुरुप नेपाल सरकारले पनि नेपाली फिल्मको छायांकन अनुमति दिन आवश्यक देखिएको छ । सरकारले सशर्त फिल्मको छायांकनका लागि अनुमति दिन सके फिल्म क्षेत्र केही हदसम्म चलायमान हुन सक्नेछ । तुरुन्तै नभएपनि नेपाली फिल्म चलायमान हुन सकेन भने भविष्यमा गम्भीर संकट बेहोर्नु नपर्ला भन्न सकिन्न ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, जेठ १९, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.