गायक सुगम पोख्रेलको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।
सुगम पोख्रेलको नै शब्द र सङ्गीत रहेको ‘फेरी त्यो दिन’ बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।
गीतमा सुगमले आफ्नो पहिलाको चर्चित र सदाबहार गीत ‘फेरी त्यो दिन’, ‘माया यो धेरै गाह्रो’, ‘मेरो एउटा साथी छ’, ‘जाँदै छु टाढा’, ‘मेरा गीतहरू सुनिरहनु है’ र ‘एउटा मान्छे’लाई केही फरक शैलीमा प्रस्तुत गरेका छन् ।
म्यासअप शैलीमा तयार पारिएको गीत मा सुगम नै फिचर्ड छन् ।
गीतलाई सङ्गीत शैलेन्द्र एम प्रधानले निर्माण गरेका हुन् ।
भिडियोको डिओपी तथा सम्पादन केश मगरले गरेका हुन् ।
गीत गायक पोख्रेलकै अफिसियल युट्युब च्यानल मा हेर्न र सुन्न सकिन्छ ।
उनले आफ्ना पुराना तर सदाबहार चर्चित गीतलाई फरक स्वादमा पस्किएका हुन् जुन निकै सुन्दर र नयाँ स्वादको बनेको छ ।


