कलाकार सागर लम्साल बलेले लकडाउनले प्रभावित भएका कलाकारहरूलाई सहयोग गरेका छन् ।
नेपाली चलचित्र तथा म्युजिक भिडियोमा कोरस डान्सरको रूपमा नृत्य गर्ने कलाकारलाई राहत प्रदान गरेका छन् ।
लकडाउनले समस्यामा परेका करिब पचास जना कोरस डान्सरलाई सहयोग गरेका हुन् ।
उनले पाँच सय केजी, चामल, पाँच सय केजी दाल र दुई सय लिटर तेल वितरण गरेका हुन् ।
दुई महिना लामो लकडाउनले चलचित्र म्युजिक भिडियो लगायतको काम ठप्प भएपछि कलाकारहरू समस्यामा परेको र सहयोगको लागी अपिल गरिएपछि बले र शिखर दीप एग्रो प्रा. ली को सहकार्यमा राहात हस्तान्तरण गरिएको हो ।


