काठमाडौं : भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि समेटिएपछि सर्वत्र विरोध भइरहेको छ। सामाजिक सञ्जालदेखि देशभर विभिन्न तह र तप्काका मानिसहरु सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन्।
सीमा मिचिएको विषयलाई लिएर सत्तारुढ दलदेखि प्रतिपक्ष दलका भातृ संगठनसम्म सडकमा उत्रिएका छन्। नेपाली भूभाग मिचेको मान्य नहुने भन्दै उनीहरुले त्यसविरुद्ध कदम चाल्न सरकारमाथि दवाब दिइरहेका छन्।
भारतले सीमा मिचेको विरोधमा नेपाली जनता जागिरहेको अवस्थामा ‘गो बाक् इंडिया’ हाम्रो भुमी छोड भारत, हाम्लाइनी आउँछ कुटनैतिक को गुणाण अनि घटाउ अनि जोड ” बोलको नयाँ गीत सार्वजनिक भएको छ।
देशप्रेमको भावनाबाट ओतप्रोत गीतमा देव गिरि चन्दको गीत, खेम छेत्रीको संगीत, शिव अखेलीको लिरिक्क्स् , रहेको छ। गीतमा सम्झना लामिछाने मगर & सुर्य खड्काको सुमधुर को स्वर रहेको छ।
प्रकास धमलाको सम्पादन रहेको यस गीतमा खडक बाजुरालीको एरेन्ज तथा मिक्सिङ रहेको छ। उक्त म्युजिक भिडियो सुर्य खड्काको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा ‘गो बाक् इंडिया’ ‘हाम्रो भुमी छोड भारत’ ‘कालापानी हाम्रै हो, लिपुलेक फिर्ता गर’ लगायतका संवादहरु समेटिएका छन्।
पुरा भिडियो हेर्नुहोस् :


