आमिर खानकी छोरी इरा खान पछिल्लो समय निकै चर्चामा छिन् । उनले इन्स्टाग्राममा आफ्नो फोटोसुटका फोटो पोस्ट गरेकी छन् । यो फोटोसुटमा उनि निकै ग्ल्यामरस लुकमा देखिएकि छन्। उनले फोटोमा ब्याकलेस गाउन लगाएकी छन्। उनले फोटोको व्याप्सन ‘ह्वाट अ भिउ’ अर्थात्, ‘क्या दृश्य छ’ लेखेकी छन्।
२१ वर्षकी इराको फोटोसुट दर्शकले धेरै मन पराएका छन्। उनको फोटोको धेरै तारिफ गरिएको छ। धेरैले उनलाई अभिनेत्री बन्ने सल्लाह दिएका छन्। तर इरा पर्दा पछाडि नै खुशी रहेकाे बताउँ छिन्।
इराले ‘यूरिपाइड्स मेडिया’ नामको नाटक निर्माण गरेकी छन्। यसको प्रदर्शन भारतको धेरैओटा शहरमा हुँदैछ। उनी निर्देशक भएको यो पहिलो नाटक हो। यसको प्लट ग्रीक माइथोलोजीबाट भएको छ। यसमा धेरैजसो वियोगका कथाहरु छन्।






















