काठमाडौं- नयाँ नेपाली चलचित्र ‘लभ यू हमेशा’ यूट्युबमा उपलब्ध भएको छ । लकडाउनका बेला घरमै बसेका दर्शकहरुले यो चलचित्र यूट्युबमै हेरेर मनोरञ्जन लिन सक्ने भएका हुन् ।
भाष्कर प्रधानको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा अभिनेता यशराज गराच तथा अभिनेत्री ऋचा थापा मुख्य भूमिका छन् ।
चलचित्रमा फिजा योन्जन, गोपाल ढकाल (छन्दे), शिशिर राणा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,सल्देन तामाङ, प्रमिला राई आदि कलाकारहरुले पनि अभिनय गरेका छन् ।
यो चलचित्र भारतको कालेबुङ,सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा छायांकन गरिएको छ । यो चलचित्र नेपालसँगै भारतमा पनि एक साथ प्रदर्शन भएको थियो ।
येवन गुरुङ निर्माता र मिलन गुरुङ सहनिर्माता रहेको यो चलचित्रमा कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, शिव ढकालको छायांकन, एनबी महर्जनको द्वन्द्व र रिच इन्टरटेनमेन्टका लागि करण क्रेजी श्रेष्ठको वितरण छ ।


