नेपाली नायिका बर्षा राउत लकडाउनको समय घरमा नै व्यतित गरिरहेकी छन् । नेपालले नयाँ नक्शा सार्वजनिक गरेसँगै यतिबेला देशका बिवादित भुमी फिर्ता ल्याउनुपर्छ भन्ने नेपाली जनताको आवाजहरु उठिरहेका छन् । नायिका बर्षा राउतले एक भिडियो अन्तर्वार्तामा विवादास्पद बोली बोलेको कारण सामाजिक संजालमा गाली खाइरहेकी छिन् ।
राउतले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा भारतसंग नेपालले टक्कर लिदाँ आफुलाई अप्ठायारो भएको प्रतिक्रिया दिएकी छिन् । । यसरी झगडा बनाउदा मैले मेरा भारतीय साथिहरुसंग कसरी फेस् गर्न र भारतीय मेरा साथीले मसंग कसरी फेस् गर्ने ? उनले नेपाल र भारतका पत्रकारले भूमीको विषयलाई लिएर प्रचारप्रशार गर्दा झन समस्या भएको बताएकी छिन् । उनले भूमिको समस्या दुइ देशको राजनीतिको विषय भएकाले नेपाल र भारत सरकारले समाधान गर्नु पर्ने सुझाव दिएकी छन् ।
यसैविच, कति सामाजिक संजाल प्रयोगकर्ता भने यति सम्म आक्रोशित छन् कि भारतलाई लिपुलेक फिर्ता दिएर बर्षा राउतलाई भारत लैजान भनिरहेका छन् । यसअघि मनिषा कोइरालाले नेपालको समर्थनमा बोलेको थिइन् ।




















