काठमाडौं– गायक तथा सर्जक निलमणी भण्डारीले नेपाली चेली अथत बलिउड अभिनेत्री मनिषा कोइरालाको समर्थनमा उनलाई सम्मान गर्दै एउटा गीत गाएका छन् ।
उक्त गीत ‘आँशु खस्ने छन् आज गोर्खाली सोलुट छ तिमीलाई’ शीर्षकमा छ ।
सर्जक भण्डारीले आफ्नो अहिले देश दुखेको बेलामा देशकी चेली मनीषा कोइरालाको सम्मानमा गीत तयार पारेका हुन् ।
गीतमा उनले मुम्बईमै रहेका गायक उदित नारायण झाप्रति भने गुनासो पोखरेका छन् ।
गायक झाले आफ्नो देशप्रति दुई शब्द बोलेको अथवा लेखेको भए कस्तो हुन्थ्यो होला भन्ने सर्जक भण्डारीको आशय छ ।
यस्तो छ भिडियो


