काठमाडौं– अभिनेत्री तथा लेखिका शोबिता सिम्खडा पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा फेसबुकमा सक्रिय छिन् । लकडाउनको बेलामा उनले फेसबुकबाटै आफ्ना प्रशसंकहरुलाई ध्यान गर्ने विधिका बारेमा जानकारीसहितको शिक्षा दिइरहेकी छिन् ।
केही दिनअघि शोबिताले ध्यान गरिरहेको तस्बिरसहित एउटा स्टाटस राखिन् । जसमा उनले लेखेकी थिइन्- ‘धेरै जनाले घरमा बसिसरहँदा दिक्क लाग्यो, ध्यानका केही विधी सिकाई दिनु न भनेर धेरै म्यसेज गर्नु भएको छ । त्यसै कुरा लाई मनन गरेर म ध्यानका केही विधीहरु राख्दै जानेछु, हजुरहरुले फलो गर्नु होला ।’
उनले अगाडि लेखिन्- ‘आज मैले लेख्न लागेको यो विधी अति सरल विधि हो र यसलाई जसले जहाँ बसेर पनि गर्न सक्नु हुनेछ । कुनै म्युजिक या कुनै भजन लगाएर आँखा बन्द गरेर मस्त नाच्नुस् र आफ्नो शरीर थकित बनाउनू होस् । त्यसपछि पँलेटी बाँधेर आँखा बन्द गरेर बस्नुहोस र यसरी बस्दा दायाँ हात दाहिने घुँडा र देब्रे हात देब्रे घुँडामा राख्नुहोस्, मेरुदण्ड सीधा राख्नुहोस् र गहिरो श्वास लिनुहोस ।
श्वासको गतिलाई ध्यान दिनुहोस्, श्वास कसरी भित्र जान्छ र त्यो कसरी बाहिर आउँछ महशुस गर्नुहोस । पूर्ण रूपमा भित्र मौनताको आनन्द लिनुहोस् ।
जब मौन हुन्छ, अनी साक्षी भाव उत्पन्न हुन्छ । यो ध्यान विधि दैनिक रूपमा गरिरहनुहोस र यसको समय अवधि दैनिक बढाउदै जानुहोला र यसलाई जारी राख्नुहोस् ।’ त्यसपछि अन्य दुई पोस्टमार्फत सोभिताले ध्यानका थप विधिहरुको बारेमा जानकारी दिएकी छन् ।


