नेपाली चलचित्र क्षेत्रमा चर्चित नाम हो काली बुडी । उनको बास्तबिक नाम भने सारदा गिरि हो । अहिले कोरोना महामारीको बेला फेरी काली बुडीको चर्चा हुन थालेको छ ।
कारण कलाकार सारदा गिरीले गरेको समाजसेवा रहेको छ । उनले लकडाउनका कारण बिचल्लीमा परेका आफ्नो घरमा बस्ने भाडावालहरुलाई घरभाडा छुट दिएकी छिन ।
घरभाडा छुट मात्र हैन भाडावाललाई दाल चामलको ब्यबस्था समेत गरिन । यस्तो विषम परिस्थितिमा दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने डेरावालहरु प्रति देखाएको प्रेम सह्रानीय छ ।




















