काठमाडौँ – नायिका निता ढुङ्गानाले अभिनय गरेको फिल्म ‘रातो टीका निधारमा’ गत वर्षको दसैँमा रिलिज भएको थियो । यो फिल्मबाट निताले खासै तारिफ पाइनन् । उनले अभिनय गरेका फिल्म रिलिज भएका छैनन् । लकडाउनका कारण निता यति बेला घरमै सीमित भएकी छिन् । परिवारसँगै उनले समय बिताइरहेकी छिन् । सामाजिक सञ्जालमा पनि निता खासै सक्रिय रहँदैनन् ।
यति बेला भने निताले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर शेयर गर्दै लेखेकी छिन् – कुर्ता वाली कस्ती छिन् ? उनको प्रश्नमा फ्यानले सुहाएको भन्दै प्रतिक्रिया दिएका छन् । त कसैले चञ्चले निता भनी प्रतिक्रिया दिएका छन् । निताले सामाजिक सञ्जालमा खासै सक्रियता जनाउँदैनन् । तर कहिलेकाहीँ स्टाटस अपडेट गरिरहन्छिन् । निताले सामाजिक सञ्जालका कारण त ठिकै चर्चा कमाउँछिन् तर उनी फिल्मका कारण भने त्यति चर्चामा आउँदिनन् । तस्विरः निता ढुंगाना सामाजिक संजाल






