गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा थप ५ जनामा कोरोना संक्रमित थपिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौंमा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ ।
मन्त्रालयका अनुसार सर्लाहीका ४५ वर्षीय पुरुष, धनुषाका ४० वर्षीय पुरुष र २० वर्षीया महिला र महोत्तरीका १६ र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।





















