गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस अघि विभिन्न स्थानमा २४ जना कोरोना संक्रमित देखिएको थियो ।


