गोरखा समाचारदाता
गोरखा – गोरखामा लकडाउनको प्रभाव नपरेको गुनासो पछि भोली (बिहीबार) देखी कडा पारिने भएको छ ।
लकडाउनको ५१ दिन सम्म पनि गोरखामा खासै प्रभाव नपरेको भन्दै ब्यापक जनगुनासा आउन थाले पछि १ गते देखी ५ गते सम्म कडाई गर्न लागिएको हो ।
विहीबारदेखि बैंक तथा वित्तीय संस्था, बिमा र सहकारी कार्यालयको सेवा बन्द गर्ने र सवारी साधनलाई जिल्ला भित्र आउन र बाहिर जान पुर्ण रुपमा बन्देज गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा वुधबार बसेको सर्वपक्षीय बैठकले निर्णय यस्तो छ । तपाई आफै हेरेर मनन् गर्नुहोला ।





