गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रुपन्देहीका १२ जना, कपिलवस्तुका ८ जना, पर्साका ३ जना र नवलपरासीका १ जना गरी थप २४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ ।




















