गोरखा समाचारदाता
काठमाण्डौं – भारतीले सिमा मिच्न थाले पछि आज (बुधबार) दार्चुलाको छाङरुमा सिमा सुरक्षा बल स्थापना गरको छ ।
कालापानी हुँदै लिपुलेक क्षेत्रमा भारतले एकतर्फी सडक बनाएर गत शुक्रबार उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका बल स्थापना गरिएको हो ।
दार्चुलाको व्यास गाउँपालिका १ छाङ्गरु गागामा सीमा निगरानीका लागि सशस्त्र प्रहरी बल (बिओपी) स्थापना गरिएको हो । सशस्त्र प्रहरीको टोलीलाई सेनाको हेलिकोप्टरले छाङ्गरु पुरयाउने थियो ।

































