गोरखा समाचारदाता
काठमाण्डौं – नेकपा स्थायी कमिटी बैठक दोस्रो पटक स्थगित भएको छ ।
बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले जनाएको हो ।
भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र सांसदबाहेक अरु नेताको परीक्षण नगरिएको कारण देखाउँदै बैठक स्थगन गरिएको सूचना सबैलाई गरिएको छ ।
मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी हुन् ।
नेकपाको अर्को बैठक अनिश्चित भएको छ ।




















