गोरखा समाचारदाता
काठमाण्डौं – भाली (बुधबार) देखी एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी जारी भएका सबै सवारी पास रद्द भएका छन् ।
कोरोना सङ्क्रमितको सङ्ख्या थपिदै जान थाले पछि सरकारले एउटा जिल्लाबाट अर्को जिल्ला जाने कुनै पनि पासलाई रद्व गरेको हो ।
गृह मन्त्रालयका अनुसार जेठ १ गतेदेखि लागू हुने गरी सबै पास रद्द गर्ने निर्णय भएको हो ।
काठमाण्डौ उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई कडाइ गरिएको छ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेकोमा अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको मन्त्रालयले जनाएको छ ।
पत्रकारहरुलाई भने सूचना विभागको परिचयपत्रको आधारमा आवत जावत गर्न दिने निर्णय भएको जनाएको छ।


