गोरखा समाचारदाता
वीरगञ्ज – पर्साको बिरगञ्जमा २ जना पत्रकारलाई कोरोना संक्रमण भएको छ ।
मंगलबार पर्सामा भेटिएका ३९ जना कोरोना संक्रमितमध्ये २ जना पत्रकार भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिए ।
पर्सा जिल्लामा क्रियाशील ती पत्रकारले रिपोर्टिङका क्रममा शंका लागेर स्वाब परीक्षण गराएका थिए ।


