रचनाकार तथा गायक शिशिर योगीको फेसबुकमा एकाबिहानै नोटिफिकेसन आयो । सांसद भगवती न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित कविता ट्याग गरेकी थिइन् । पढेर प्रतिक्रिया दिन आग्रह गरेकी थिइन् ।
सर्जकको दृष्टिबाट योगीलाई कविता राम्रो लाग्यो । तुरुन्तै उनले सांसद न्यौपानेसँग कवितालाई गीत बनाउन आग्रह गरे । पहिलो पंक्ति गुनगुनाएर सुनाए पनि । योगीलाई त्यसको केही दिनपछि कवितालाई गीत बनाउने प्रस्ताव आयो । अनि चार दिन लगाएर कवितालाई संगीतको लयमा ढाले । रेकर्डिङ भने लकडाउन खुलेपछि मात्र गर्ने तयारीमा छन् ।
कवितामा प्रधानमन्त्रीको देशभक्ति पोखिएको योगी बताउँछन् । त्यसमा संगीत भरेर उनले प्रधानमन्त्रीलाई सुनाइसकेका छन् । प्रधानमन्त्रीले आफूलाई अझ ऊर्जाशील बनाएको प्रतिक्रिया दिएको योगी बताउँछन् । त्यसलगत्तै प्रधानमन्त्री ओलीको अर्को कवितामा पनि संगीत दिँदै छन् योगीले । उनका अनुसार मिर्गौला प्रत्यारोपणको चौथो दिन सिसियूमा
रहेकै वेला प्रधानमन्त्री ओलीले उक्त कविता रचना गरेका थिए ।


