२०७२ सालमा प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी’ को सिक्वेलको छायांकन हुदाहुदै कोरोना त्रासका कारण रोकिएको छ । छायांकन बिचैमा रोकिएपछि फिल्म संग आबद्ध कलाकार तथा प्राबिधिक लगायतको टोलि अहिले आ-आफ्नो घरमा बसेरहेका छन् । छायांकनको गतिविधि भने घरभित्रै बाट कलाकारहरूले बेलाबखत सार्बजनिक गर्ने गरेका छन् । महाशिवरात्रीको अवसर पारेर फिल्मको शुभ मुहूर्तसँगै छायांकन आरम्भ गरिएको थियो ।
फिल्मको प्रमुख कलाकार मध्येकि एक केकि अधिकारीले केही दिन अघि आफ्नो ईन्स्टा एकाउन्टको स्टोरिमा यसै फिल्मको एक तस्वीर सार्बजनिक गरेकी थिइन् । जस्मा उनी गायक भै यसै फिल्मबाट नायकमा समेत डेब्यु गरेका प्रकाश सपूत संग छिन् । तस्वीरमा प्रकाशको हातले देखाएको ऎना हेर्दै मन्द मुस्कान सहित केकि आफ्नो अनुहारलाई टिस्यु पेपरले टच गर्दै देखिन्छिन् । जुन तस्विर लकडाउन अगावै अर्थात छायांकन रोकिएको अन्तिम दिनको भएको सो तस्वीर संगै खुलाएकी छन् ।
नारायण रायमाझीको निर्देशन रहने चलचित्रमा चर्चित लोक गायक प्रकाश सपुतले प्रमुख भूमिका निर्वाहा गर्दैछन् । उनले ‘परदेशी २’ बाट अभिनेताको रुपमा डेब्यू गर्न लागेका हुन् ।चलचित्रमा प्रकाशको अपोजिटमा अभिनेत्री वर्षा सिवाकोटी देखिनेछिन् । ‘परदेशी’ को अघिल्लो पार्टमा निर्देशक रायमाझीले वैदेशिक रोजगारीको कथा बुनेका थिए । यसको सिक्वेलमा विदेश पढ्न गएका विद्यार्थीको दुःख र त्यहाँको संघर्ष देखाइने छ । ‘परदेशी २’ मा गायक सपुतका भाई देवेन्द्र बब्लुको पनि अभिनय रहनेछ ।
निर्माण टिमले फिल्मलाई आउँदो दशैंको फूलपातीमा प्रदर्शन गर्ने तयारी गरेपनी जारि कोरोना त्रास संगै बढिरहेको लकडाउनका कारण फिल्मको छायांकन नै अन्योल बन्दै गैरहेको छ । चलचित्रमा गायक तथा अभिनेता प्रशान्त तामाङको पनि अभिनय रहनेछ । यो चलचित्रको अघिल्लो श्रृंखलामा उनी प्रमुख भूमिकामा थिए । अब, ‘परदेशी २’ मा प्रकाश, वर्षा र प्रशान्तलाई एकसाथ पर्दामा हेर्न निकै रोचक हुने देखिन्छ ।


