बेलाबेला चर्चा र विवादमा आइरहने मोडेल तथा युट्युबर सोनिका रोकाय यतिबेला राजधानी छाडेर गाउँ फर्किएकी छिन् । केहिसमय अगाडिबाट पुर्वयुवराज पारस शाह सँग नाम जोडेर चर्चामा आइरहने सोनिकाले गाउँ पुगेर एक भिडियो आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन् । उक्त भिडियोमा उनले “धन्य छु म पारस सरकार सँग” शीर्षक राखेकी छिन् ।
सामाजिक सञ्जालमा पारस सरकार र सोनिकाको डिभोर्स भन्ने हल्लाहरु निकै चलेको थियो । तर, डिभोर्स हुन त विवाह हुनु पर्छ हैनर ? त्यति मात्र कहाँ होर सोनिकाले पारस सरकारको पैसा चोरी गरेको खबर पनि व्यापक चर्चा भयो खासमा दुवैमा जनाले उक्त कुरा झुटो रहेको सञ्जालबाटै प्रस्टा्याइ सकेकाछन् ।
कोरोना महामारीबाट बच्न सरकारले जारी गरेको लकडाउनमै सोनिका रोकाय यतिबेला राजधानी छाडेर जन्मथलो पुगेकी छिन् । उनले गाउँमा पुगेर सार्वजनिक गरेको एक भिडियोमा गाउँघरको प्रसंसा गर्दै पारस सरकारलाई धन्यवाद दिएकी छिन् ।


