गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा आज (मंगलबार) एकै दिन थप ५७ जनामा कोरोना संक्रमण थपिएको छ ।
स्वास्थ्य मन्त्रालयले एक बिज्ञप्ती जारी गर्दै आज ५७ जना नयाँ बिरामी थपिएको जनाएको हो । अब नेपालमा यो सहित १९१ जना संक्रमित पुगेको छ ।
थपिएका नयाँ संक्रमितहरु मध्ये पर्सा ३९ जना, कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९ जना र बारामा ९ जना कोरोना संक्रमित पुष्टि भएको मन्त्रालयले जनाको छ ।





















