गोरखा समाचारदाता
काठमाण्डौं – शताव्दी पुरुष सत्यमोहन जोशीले १०१ वर्षमा लागेका छन् ।
नेपाली कला, सँस्कृति र साहित्यमा योगदान गरेका जोशीले आज (मंगलबार) १०१ वर्षका भएका हुन् ।
जोशी गत वर्ष १०० वर्ष पुग्दा ललितपुर महानगरपालिकाले सार्वजनिक विदा दिएको थियो । साथै महानगरपालिकाले १ वर्षभर विभिन्न कार्यक्रम गरी जन्मशताव्दी मनाउने निर्णय गरेको थियो । तर लकडाउनका कारण औपचारिक कार्यक्रम स्थगित गरिएका छन् ।
यसैबीच जोशी १०१ वर्ष पुगेको अवसरमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले शुभकामना दिएका छन् । उनले ट्वीटरमार्फत् जोशीको सुस्वास्थ्यको कामना गर्दै जोशीलाई महान नेपाली लेखक र जीवित साँस्कृतिक आइकनको उपमा दिएका छन् ।


