गोरखा समाचारदाता
काठमाण्डौं – केही समय यता आफु प्रहरीको मान्छे हुँ भन्दै ब्यक्ति विशेषको सूचना तथा फोटो माग्ने गरेको भन्दै त्यस्ता ब्यक्ति संग सर्तक रहन नेपाल प्रहरीले आग्रह गरको छ ।
प्रहरीका अनुसार त्यस्ता ब्यक्तिले साइबर अपराध गर्ने भएकोल सर्व साधारणलाई सचेत रहन भनेको हो । कोही कसैले करकाप गरे वा ब्यत्तिगत सूचना वा फोटो मागे यि नम्बरमा ९८५१२८६७७० र ९८५१२८६७७१ फोन गरेर जानकारी गराउन भनेको हो ।
प्रहरले नचिनेका मानिसको त्रासमा नबस्न पनि आग्रह गरेको छ । कसैले दुख दिए वा धम्काए नजिकैको प्रहरी कार्यालय वा साइबर व्यूरोमा सम्पर्क गर्न भन्दै माथि उल्लेखित नम्बमा खबर गर्न भनेको छ ।


