गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोडिभ–१९)ले विश्वभर संक्रमित हुनेको संख्या ४२ लाख नाघेको छ । संक्रमणबाट २ लाख ८७ हजारभन्दा बढीको ज्यान गई सकेको छ ।
संक्रमणले अमेरिकामा मात्रै ज्यान गुमाउनेको संख्या ८१ हजार ७९५ पुगेको छ । अमेरिकामा १३ लाख ८५ हजार ८३४ जना संक्रमित भइसकेका छन् ।
पछिल्लो समय रुसमा संक्रमण दर तीब्र रुपले बढेको छ । त्यहाँ संक्रमितको संख्या २ लाख २१ हजार ३४४ जना पुगेको छ भने २ हजार ९ जनाले ज्यान गुमाएका छन् ।
संक्रमणबाट बेलायतमा ३२ हजार ६५ जना, इटलीमा ३० हजार ७३९ जना, स्पेनमा २६ हजार ७४४ जना र फ्रान्समा २६ हजार ६४३ जनाले ज्यान गुमाई सकेका छन् ।
छिमेकी देश भारतमा संक्रमितको संख्या ७० हजार ७६८ पुगेको छ । त्यहाँ २ हजार २९४ जनाले ज्यान गुमाइसकेका छन् ।
त्यस्तै गरी पाकिस्तानमा संक्रमितको संख्या ३० हजार ९४१ जना संक्रमित भएका छन् भने ६६७ जनाले ज्यान गुमाएका छन् ।
यो संक्रमणबाट विश्वभर १५ लाख २७ हजार १४३ जना सफल उपचारपछि घर फर्किएका छन् ।


