डा.क्रिस्टियन चेनेको ९९ औँ जन्मदिन नजिकिँदै छ, तर उनी निरन्तर कोभिड–१९ का बिरामीको सेवामा खटिइरहेका छन् । कोरोना भाइरसबाट बढी प्रभावित देशहरु मध्ये फ्रान्स एक हो । उनी फ्रान्सका वृद्ध चिकित्सक मध्येका एक हुन् । जीवनकालको ७० वर्ष बिरामीको सेवामा खटिएका उनी भन्छन्, ‘अझै पेरिसका केही बेवास्तामा परेका बस्ती, उपनगरमा बस्ने मानिसलाई सहयोग गर्न चाहन्छु ।’
फ्रान्समा महामारी हुनुभन्दा अगाडि पेरिसको कम आय भएको एक उपनगरमा उनको क्लिनिकको वेटिङ्ग रुपममा सेवा लिन आउनेहरुको भिड यति हुन्थ्यो की बाहिरको शान्त सडकमा नै सेवाग्राही पुग्थे। उनले पारिवारिक चिकित्सकको व्यवस्था गर्न नसक्नेहरुलाई सेवा प्रदान गर्दै आएका थिए । पर बस्ने मानिसहरु बिहान ४ बजे नै हिँडेर उनको क्लिनिकसम्म पुग्थे, ताकी लाइनमा आफ्नो स्थान सुनिश्चित गर्न सकियोस् ।
पारिवारिक चिकित्सकको अभाव भएकाहरुको सेवाका लागि डा. चेनेले आंशिक रुपमा काम गर्ने निर्णय गरेका हुन्। हुन त फ्रान्स विश्वमा नै उत्कृष्ट स्वास्थ्य प्रणाली भएको देशमा चिनिन्छ तर जेनरल फिजिसियनहरुको कमीले गर्दा देश यो संकटमा आइपुगेको उनको बुझाइ छ । समस्या गाम्रीण क्षेत्रमा सबैभन्दा धेरै छ, जहाँ लाखौँ मानिस सामान्य स्वास्थ्य सेवाको लागि संघर्ष गर्छन्। अनि पेरिसको त्यो क्षेत्र प्रभावित छ, जहाँ मानिसहरुको आम्दानी अत्यन्त न्यून छ ।
‘म झण्डै ९९ वर्षको भएँ, मलै विभिन्न कारणले गर्दा आफ्नो क्रियाकलापलाई कम गर्नुपछ ।’ डा. चेनेले भने, ‘म पहिलाको भन्दा सुस्त काम गर्छु, मैरै ख्याल पनि त गर्नुपर्छ ।’उनका धेरै बिरामीहरुले भन्ने गर्छन् की पेरिसको उपनगरहरुमा चिकित्सकलाई भेट्ने समय पाउन अत्यन्तै संघर्ष गर्नुपर्छ, त्यस क्षेत्रमा १९ हजार जनसङ्ख्याको लागि जम्मा ३ जना चिकित्सकहरु रहेका छन् ।
‘हामीसँग एउटा रोग छ, जो अति संक्रामक छ । यसले अहिलेसम्म धेरै मानिसलाई प्रभावित पारिसकेको छैन । हामी शक्तिहिन महशुस गर्छौ । हामीसँग यसको उपचार छैन ।’ डा. चेने भन्छन्, ‘हामीसँग मानिसलाई एकान्तबासमा राख्ने संभावना छैन, हामीसँग को बिरामी छ र को स्वस्थ छ भनेर थाहा पाउने साधन छैन । म धेरै बिरमीको सम्पर्कमा थिएँ जो शयद कोरोना पोजेटिभ थिए, यदी म कोरोना पोजोटिभ छैन भने त्यो आचर्यजनक हुनेछ किनभने केही समयको लागि ममा लक्षणहरु देखिएका थिए ।’
डा. चेनेलाई कोभिड–१९ को लक्षण देखिएपछि बिरामीसँग आमने सामने हुने काम रोक्नुपरो र क्वारेनटाइनमा बस्नुपर्यो । ‘मैले हार मान्नुपरो, म सँग सुरक्षात्मक सामग्री केही पनि थिएनन्’ उनले भने, ‘यदि म खुल्ला रहन्थे भने अहिले सेवा गरिरहेको हुने थिइन, म भाइरसको हटस्पट हुन्थे, संक्रमणको केन्द्र हुन्थे, यो असंम्भव थियो ।’ अनुभवी चिकित्सले दोस्रो विश्वयुद्धको समयमा ‘टाइफस’ रोग संक्रमितको उपचार गरेका थिए। चेनेले ७० वर्ष अगाडि जेनरल फिजिसियन भएर ‘भाल–डे मर्ने’ क्षेत्रमा काम सुरु गरेका थिए। उनले आफ्नो छोरालाई पनि कामबाट निकालेका थिए, चेनका छोरा पनि चिकित्सक हुन्, उनी ६७ वर्षमा रिटायर भएका थिए ।
अहिले डा.चेनेको स्व–क्वारेनटाइन समय सकिएको छ । उनी काममा फर्किएका छन्, फोन र इन्टरनेटको माध्यमबाट परामर्शको काम गरिरहेका छन् ।‘मैले टाइफसको महामारी युद्धपछि कसरी आएको थियो थाहा पाएको छु। त्यो समयमा बिरामीको ख्याल गर्ने व्यक्तिहरु कमलाई मात्र यो रोग संक्रमण भएको थियो, हामीसँग माक्स थियो, हामी ढाल जसरी उभिएका थियौँ, हामी सुरक्षात्मक साधनले ढाकिएका थियौँ, हामीसँग ग्लास मास्क पनि थियो ।’


