गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो संगै अब नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित हुनेहरुमा कपिलवस्तुका ६ जना, रुपन्देहीका ६ जना र बर्दियाका १ जना रहेका छन् ।
रुपन्देहीको समरी गाउँपालिका ७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका ६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । त्यस्तै कपिलवस्तुको यशोधरा गाउँपालिका(८ र बुद्धभूमि नगरपालिका ७ निवासी १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको हो ।


