गोरखा समाचारदाता
गोरखा – गोरखा सिउरेनीटारका एक जनालाई मृग मारेर आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले गण्डकी गाउँपालिका ८ सिउरेनीटार निवासी खुमबहादुर माझीलाई पक्राउ गरेको हो ।
मृग मारेर घर ल्याएको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले माझीलाई घरैबाट पक्राउ गरेको थियो । पक्राउ परेका माझीलाई डिभिजन बन कार्यालय बुझाई सकिएको छ ।
कुमार नामले चिनिने माझीको बिषय अनुसन्धान गर्न डिभिजन बन कार्यालय गोरखाले अनुसन्धान टोली बनाएको छ । ‘मृत्त मृग सहित मानिसलाई प्रहरीले बुझाएको छ । हामीले अनुसन्धानका लागि टोलि निर्माण गरिसकेका छौ’ डिभिजन प्रमुख तोयनाथ पौडेलले बताए ।
प्रहरी हिरासतमा रहेका माझीले मृत्त मृग फेला पारेर ल्याए वा बनमा गएर मारे भन्ने बिषयमा अनुसन्धान हुन बाँकी भएकोल अहिले नै केही भन्न नसकिने डिभिजन बन कार्यालययले जनाएको छ ।
माझिलाई आईतबार बिहान ६ः३० बजे घरैबाट प्रहरी नियन्त्रणमा लिएको हो ।


