गोरखा समाचारदाता
गोरखा – गोरखा अस्पताललाई एक गैर सरकारी संस्थाले खुट्टाले चलाउने हात धुने मेशिन हस्तान्तरण गरेको छ ।
प्रोगेसिभ ईन्जिनियरीङ एशोसिएसन नेपालले गोरखा अस्पताललाई उत्त मेशिन हस्तान्रतण गरेको हो ।
गोरखा अस्पतालमा आउने कुनै पनि मानिस नोबल कोरोना भाइरस (कोडिभ–१९) को संक्रमणमा नआवस भनेर प्रोगेसिभ ईन्जिनियरीङ एशोसिएसन नेपाल गोरखा शाखाले गोरखा अस्पताललाई उत्त मेशिन उपलब्ध गराएको गण्डकी प्रदेशका अध्यक्ष बिकाश वाग्लेले बताए ।
ईन्जिनियरीङ क्षेत्रमा गोरखा जिल्लाका मानिसहरु धेरै भएकोले गोरखालाई पनि केही गरौ भन्ने उद्वेश्यका साथ साथीहरुसगंको छलफल पछि अस्पताललाई मेशिन उपलब्ध गराईएको’ उनले बताए ।
अस्पताललाई उपलब्ध गराएको मेशिनमा देब्रे खुट्टाले थिच्दा झोल साबुन र दाहिने खुट्टाले थिच्दा पानी आउद छ । नयाँ प्रविधीको यो मेशिन गोरखामा पहिलो पटक भित्रिएको हो ।
एशोसिएसनको गण्डकी प्रदेशले फेसबुक अभियान अन्तरर्गत पैसा संकलन गरी मेशिन र केही स्वास्थ्य सामाग्रीहरु अस्पताललाई हस्तान्रण गरेको छ ।
उत्त मेशिनको ३० हजार लागतमा निर्माण भएको प्रोगेसिभ ईन्जिनियरीङ एशोसिएसन गोरखा शाखाले जानकारी दिएको छ ।




















