गोरखा समाचारदाता
काठमाण्डौं – कपिलवस्तुमा १० जनामा कोरोना भाइरस संक्रमित भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु यशोधरा गाउँपालिका ५ र वुद्धभुमि नगरपालिकाको ७ र १० वडा का १० जना पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा संक्रमितको संख्या १२० पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य सामान्य रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० जनामध्ये ९ जना १८ देखि ३४ वर्षीय पुरुषहरु छन् । एक जनाको भनेर उमेर खुल्न सकेको छैन ।
संक्रमण देखिएका सबैलाई विभिन्न अस्पतालका आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।


