क्वारिन्टीनमाबाट आजै साँहुलाई जिम्मा लगाईने
गोरखा समाचारदाता
गोरखा – भारतबाट भागेर गोरखाको एक क्वारिन्टीनमा राखिएको भारतीय नागरिकको पिसिआर रिर्पोट नेगेटिभ आएको छ ।
भारतको बेतियाबाट लुकिछिपी गोरखा प्रवेश गर्न लागेका आलम थरका भारतीयको पिसिआर रिर्पोट नेगेटिभ आएको हो ।
गोरखा सदरमुकामको ए टु जेट इलेक्ट्रोनिक्स पसलमा काम गर्ने भारत बेतिया जिल्ला घर भएका २३ बर्षिया जावेद आलमलाई मझुवा देउराली स्थित गोरखकाली रबर उद्योगको क्वारिन्टीनमा राखिएको थियो ।
बिरगञ्जको सेडवा भन्ने स्थानबाट उनी नेपाल छिरेर गोरखा प्रवेश गर्ने क्रममा उनलाई क्वारिन्टीनमा राखिएको हो । दुवै देशमा लकडाउन भए पछि ०७६ साल चैत्र २६ गते घर गएका उनी ०७७ बैशाख २५ गते गोरखा प्रवेश गर्दै गर्दा क्वारिन्टीनमा राखिएको गोरखा नगरपालिकाले जनाएको छ ।
गोरखा नगरपालिकाका मेयर राजनराज पन्तका अनुसार आलमको पिसिआर रिर्पोट नेगेटिभ आए पछि उनलाई काम गर्ने साँहुको जिम्मा लगाउन लागिएको हो । आजै (सोमबार) क्वारिन्टीनबाट उनलाई छाडिने र अझै ५/७ दिन सेल्फ क्वारिन्टीनमा बस्न आग्रह गरिएको छ ।
भारतबाट भागेर गोरखा प्रवेश गर्न खोज्नेलाई क्वारिन्टीनमा राखिएको यो नै पहिलो घटना हो ।


