गोरखा समाचारदाता
गोरखा – नेपाल बिद्यार्थी संघले गोरखा सदरमुकाममा राके जुलुश प्रर्दशन गरेको छ ।
भारतले नेपालको भूमीमा सडक निर्माण गरेको बिरोधमा संघले सदरमुकाममा राके जुलुश प्रर्दशन गरेको हो ।
संघको आयोजनामा भएको बिरोध कार्यक्रममा सदरमुकामको विभिन्न क्षेत्रबाट विद्यार्थीहरुले निकालेको राकेजुलुश लोकतान्त्रिक चोकमा आएर समापन गरिएको थियो ।
जुलुशमा सहभागीहरुले भ्रष्ट सरकार मुर्दाबाद, लिपुलेक हाम्रो हो, भारतिय बिस्तारबाद मुर्दाबाद, सिमा मिच्न पाईदैन जस्ता नारा लगाएका थिए ।
कोण सभालाई संबोधन गर्दै नेपाल बिद्यार्थी संघ गोरखाका अध्यक्ष सुबास अधिकारीले नेपालको सिमा मिचेर भारतले सडक निर्माण गर्दा पनि रोक्न नसक्नु सरकारी लाचारिता पराकाष्ठ भएको भन्दै कुनै पनि देशले नेपालको सार्वभौमिकता माथि आक्रमण गरे युवाहरु टुलुटुली हेरी नबस्ने चेतावनी दिए ।
बिद्यार्थीहरुले लोकतान्त्रिक चोकमा १५ मिनेट सम्म नाराबाजी गरेर कोण सभा पछि कार्यक्रम समापन गरेका थिए ।




















