×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

लकडाउनले शहर छोडेर गाउँ फर्केका युवकयुवतीको खुसियाली, कहिल्यै नगरेका काम पनि गर्न थाले !

  •  
  • आइतबार, बैशाख २८, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कालीगण्डकी गाउँपालिका–६ का निशा न्यौपानेको दैनिकी यतिबेला फेरिएको छ । बुटवल वाणिज्य क्याम्पसमा बीबीएस चौथो वर्षमा अध्ययनरत न्यौपाने गाउँ फर्किएपछि घरपरिवारमा व्यस्त हुनुभएको छ । बुटवल डेरामा बस्दा कलेज समयमा कलेज जाने आउने र त्यसपछि डेरामै अध्ययन गरेर बस्ने गरेकी निशा गाउँ आएपछि घरपरिवारसँगै मेलापात गरेर बित्ने गरेको छ ।

    हुन पनि यतिबेला गाउँघरमा मल बोक्ने खेतीपाती लगाउने र पाकिसकेको खेती भित्र्याउने चटारोमा छन् । किसान यही चटारोको मेसोमा गाउँ आएकी निशाले घरपरिवारसँगै खेतबारीमा काम गरेर परिवारलाई सहयोग गर्ने गरेको बताउनुभयो । अरुबेला गाउँ आउँदा छरछिमेकीसँग भेटघाटका लागि गाउँ डुल्ने गरेकी उहाँ यतिबेला भने परिवारमै सीमित रहेको बताउनुहुन्छ । निशा भन्नुहुन्छ, “अरु बेला घरमा आउँदा साथीहरुसँग घुम्ने गाउँ डुल्ने र आफन्तहरुसँग भेटघाट गर्ने गरिन्थ्यो यसपालि कोरोना भाइरको सङ्क्रमणको त्रासले घरमै बस्ने र घरपरिवारसँगै घरको काम गरेर दिन बिताउने गरेकी छु ।”

    निशा मात्रै होइन, कोरोना भाइरसको सङ्क्रमणको रोकथामका लागि लकडाउन लागू भएपछि गाउँ फर्किएका धेरै युवायुवती यतिबेला यो समयलाई आफूले जानेको काम गरेर सदुपयोग गरिरहेका छन् । उनीहरुको दैनिकी यतिबेला घरपरिवारलाई सहयोग गर्नाका साथै आफूले जानेका घरेलु सीपको प्रयोग गरेर बितिरहेको छ ।

    वालिङ बजारमा मोबाइल पसल गर्दै आउनुभएका मोबाइल सेन्टरका केशव पराजुली यतिबेला वालिङ नगरपालिका १२ चौतारस्थित आफ्नै घरमा घाँस काट्नका लागि प्रयोग गरिने डोको, मल बोक्न प्रयोग हुने थुन्से बुन्न व्यस्त देखिनुहुन्छ । बिहान उठेदेखि साँझसम्म उनको दैनिकी बाँसघारीमा गएर बाँस काटेर घरमा ल्याउने डोको र थुन्सेका लागि आवश्यक चोया तयार पारेपछि बुन्ने काम गरेरै बित्ने गरेको छ ।

    पेशाले मोबाइल व्यापारी रहेका पराजुली फुर्सदको समयमा यत्तिकै बस्नुभन्दा आफूले जानेको सीप प्रयोग गर्दा समय बिताउन पनि सजिलो हुने र गाउँघरमा काम लाग्ने भएकाले व्यापार व्यावसाय बन्द भएपछि गाउँमा आएर डोका, थुन्से सुपोलगायतका बाँसबाट बनाउन सकिने सामग्री बनाएको बताउनुभयो । पराजुलीले भन्नुभयो, “आफूले जानेको काम गर्न लाज मान्नु पर्दैन गाउँघरमा हराउँदै गएको यो पेशालाई जोगाउन पनि मैले यो काम गरेको हुँ लकडाउन भरको अवधि डोका, थुन्से बुनेर खाली समया बिताउने योजना बनाएको छु ।”

    मिर्मी बहुमुखी क्यापम्समा बीबीएस चौथो वर्षमा अध्ययनरत विन्दू भट्टराई पनि विश्वमा कोरोना सङ्क्रमणको महामारी फैलिएपछि सरकारको लकडाउनको घोषणासँगै कलेज बन्द भएपछि घरपरिवारसँगै घेतबारीमा काम गरेर बिदाको समयको सदुपयोग गरेको बताउनुहुन्छ । भट्टराईले भन्नुभयो, “अहिले गाउँघरमा खेती लगाउने समय भएकाले यही काममा ब्यस्त रहेकी छु ।” परिवारसँगै काम गर्दा रमाइलो पनि हुने घरको काममा सहयोग पनि पुग्ने भएकाले परिवारसँगै काम गर्ने गरेको उहाँ बताउनुहुन्छ । छरछिमेमा भीडभाड गरेर गफ लगाएर बस्नुभन्दा सुरक्षित भएर आफूले सकेको काम गरेर यो समयको सदुपयोग गर्न सुझाउने गरेको विन्दु बताउनुहुन्छ ।

    पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्री लकडाउनको समयमा गाउँघरमा आएका युवायुवतीले गाउँघरमा आफूले जानेको सीपलाई प्रयोग गर्ने अवसरको रुपमा प्रयोग गरिरहेको देख्दा खुशी लागेको बताउनुभयो । नगरप्रमुख क्षेत्रीले भन्नुभयो । “सङ्क्रमणको त्राससँगै सरकारले लकडाउनको घोषणा गरेपछि गाउँघरमा आएका युवायुवती शुरुशुरुमा अन्योलमा परे पनि अहिले कोही डोका बुन्ने खेतबारीमा काम गर्नुका साथै तरकारी लगाउन थालेका छन् यसले युवा जमातमा एक खालको सकरात्मक वातावरण पनि निर्माण गरेको पाएको छु ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, बैशाख २८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.