गोरखा समाचारदाता
अर्घाखाँची – जिल्लाको सन्धिखर्क नगरपालिकामा रहेको एक पशु फार्ममा चट्याङ पर्दा १ वटा गाई मरेको छ भने अन्य केही गाईहरु घाईते भएका छन् । चट्याङ पछि लागेको आगालागीले फार्मलाई १५ लाख बरावरको क्षति पुगेको छ ।
आज (आइतबार) बिहान ४ बजेतिर परेको चट्याङले सन्धिखर्क नगरपालिका वडा नम्बर १० बेलटारीमा रहेको त्रिकन्या गौरी कृषि तथा पशुपंक्षी पालन फर्ममा आगालागी भएको हो ।
आगालागीमा परेर एउटा जर्सी गाई मरेको भने ९ वटा जर्सी गाई घाइते भएक छन् । घाइते गाईमध्ये ४ वटा गाईको अवस्था गम्भीर रहेको अर्घाखाची प्रहरीले जानकारी दिएको छ ।
आगलागीमा फार्मको जेनेरेटर, कुटानी पिसानी मिल र अन्य मेसिनरी सामग्रीसहितमा क्षति पुगेका छ । त्यस्तै गरी चट्याङले दानाको गोदाम, गाई भैँसीलाई खुवाउने पराल, खर लगायत, जलेर नष्ट हुँदा १५ लाख भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।




















