गोरखा समाचारदाता
काठमाण्डौं – भूमीगत नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले अब राष्ट्रिय स्वाधीनताको संघर्ष शुरु गर्ने चेतावनी दिएको छ ।
भारतले नेपाली भूमि मिचेकोमा विरोध जनाउँदै चन्द समूहले संघर्ष शुरु गर्ने चेतावनी दिएको हो ।
अन्तर्राष्ट्रिय व्युरोका इञ्चार्ज धर्मेन्द्र बास्तोलाले एक विज्ञप्ति जारी गर्दै आफ्नो भू–भागमा भारतले बाटो बनाउँदा समेत सरकार चुपचाप बसेको भन्दै विरोध जनाएका हुन् ।
भारतले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि हमला गरेको भन्दै बाँस्तोलाले नेपाललाई पराधीन बनाउन लागेको सरकार अन्त्यका लागि उठ्न आह्वान समेत गरेका छन् ।
चन्द समूहले नेपालको भूभाग हडप्ने भारतको प्रक्रियामा सहभागी नहुन र संयुक्त राष्ट्रसंघलाई नेपालको सार्वभौमिकतामाथि भारतले गर्दै आएको हमलामा ध्यान पुर्याउन पनि विज्ञप्तिमा आह्वान गरिएको छ ।




















