गोरखा समाचारदाता
काठमाण्डौं – भारतले कैलासमान सरोबर जाने बाटो आफ्नै भूमीमा बनाएको दावी गरेको छ ।
भारतीय विदेश मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै उक्त सडक खण्ड साविककै मार्गअन्तर्गत रहेको उल्लेख गरेको हो ।
उत्तराखण्डको राज्यको पिथौरागढ जिल्लामा पर्ने र तिर्थालुहरुले कैलाश मानसरोवर यात्राका लागि प्रयोग गर्दै आएको उत्त मार्ग भारतीय भूमी रहेको विज्ञप्तीमा भनिएको छ । लिपुलेक हुँदै मानसरोवर जाने सडक आफ्नै भूमि भएको दाबी समेत विज्ञप्तीमा लेखिएको छ ।
सोही सडकलाई तीर्थालु, स्थानीय र व्यापारीलाई सहज हुने गरी स्तरोन्नति गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । नेपाल र भारतबीचका सबै सीमासम्बन्धी विषय सम्बोधन गर्न लागि विदेश सचिवस्तरीय संयन्त्र रहेको उल्लेख गर्दैसीमासम्बन्धी विषयहरुलाई नेपालसँगको निकट र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको भावनाअनुरुप समाधान गर्न भारत प्रतिबद्ध रहेको समेत वक्तव्यमा जनाइएको छ ।
विज्ञप्तिमा कोभिड नाइन्टिनको संकट टरेपछि दुवै पक्षबीचको सहमतिमा मिति तय गरेर सीमा विवाद सम्बन्धमा छलफलका लागि परराष्ट्र सचिवस्तरीय बैठक बस्ने पनि जनाइएको छ ।


